बाँकेमा बिहिबार पनि २ जना कोरोना संक्रमितको मृत्यु

बाँके – शिक्षण अस्पताल कोहलपुरमा कोभिडको उपचारकोक्रममा रहेका दुईजनाको निधन भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार बाँके र सुर्खेतका गरि दुईजनाको निधन भएको हो ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ४ का ५२ बर्षिया पुरुषको बिहिवार विहान निधन भएको छ । स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क ब्यक्ति नरेश श्रेष्ठका अनुसार भदौ १२ गते कोरोना पुष्टि भपछि शिक्षण अस्पताल कोहलपुरको कोभिड वार्डमा उपचाररत उहाँको दुबै फोक्सोमा निमोनिया देखिएको छ । यो सहित कोरोनाबाट बाँकेमा हालसम्म मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । पछिल्लो एकसातायता दैनिकजसो कोरोना सङ्क्रमितबाट मृत्यु हुन थालेको छ । स्वास्थ्य कार्यालयले कडाखालको कोभिड सङ्क्रमण देखिएको जनाएको छ ।
यसैगरी शिक्षण अस्पताल कोहलपुरमा कोरोना पुष्टि भई भदौ ८ गतेदेखि उपचाररत मध्ये सुर्खेत भेरी गङ्गा नगरपालिका ५ का ७५ बर्षिया महिलाको पनि शिक्षण अस्पताल कोहलपुरमा उपचारकोक्रममा राती निधन भएको छ । उहाँमा पित्तथैलीको समस्या समेत थियो । बाँकेमा सुर्खेतका ७५ बर्षिया महिला सहित उपचारका लागि आएका मध्ये हालसम्म ८ जनाको निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बाँकेमा भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा कोभिडका विरामीको उपचार हुँदै आएको छ । पछिल्लो समय लक्षण सहितका विरामी देखिन थालेपछि थप वार्डको आवश्यकता पर्ने देखिएको भन्दै प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्बाङ्ले थप कोभिड वार्ड निर्माणमा सहयोगका लागि आग्रह गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्