इम्बोस्ड प्लेटका विरुद्धमा परेको रिट खारेजीको निर्णय, इम्बोस्ड नम्बर सुरु गरिने

सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट वितरण सुरु गरिने भएको छ । इम्बोस्ड प्लेटका विरुद्धमा परेको रिट खारेजीको निर्णय सर्वोच्चले गरेपछि यातायात व्यवस्था विभागलाई काम सुचारु गर्न बाटो खुलेको हो । सवारीसाधनको सम्पूर्ण विवरण डिजिटलमा हेर्न मिल्नेगरी दुई वर्षअघि सुरु गरिएको इम्बोस्ड नम्बर प्लेट वितरण अब सुरु गरिने भएको छ । तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले २०७४ फागुन १० गते सवारीसाधनमा तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएपछि वितरण रोकिएको थियो तर मङ्सिर २७ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको पाँच न्यायाधीशको संवैधानिक इजलासले रिट खारेज गर्ने निर्णय गरेपछि इम्बोस्डको वितरण गर्ने बाटो खुलेको हो ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्