ठूला सवारीसाधनको लाइसेन्सको परीक्षा विधि परिवर्तन गरिने, के के छन नयाँ नियम

 

यातायात व्यवस्था विभागले ठूला सवारीसाधनको लाइसेन्सको परीक्षा विधि परिवर्तन गर्ने भएको छ । सार्वजनिक सवारी दुर्घटना बढेपछि लाइसेन्सको परीक्षा प्रणाली परिवर्तन गरी थप व्यावहारिक बनाउन लागिएको यातायात व्यवस्था विभागले जनाएको छ । संघीय सवारी तथा यातायात व्यवस्था ऐनमा ठूला सवारीसाधनको लाइसेन्स परीक्षा प्रणाली परिवर्तन गर्न प्रस्ताव गरेको छ । त्यसपश्चात लिखित र प्रयोगात्मक परीक्षालाई अझ व्यावहारिक बनाइने छ । दैनिकजसो सार्वजनिक सवारी दुर्घटना हुन थालेपछि विभागले व्यावहारिक परीक्षण प्रणाली अपनाउन थालेको हो । विभागका अनुसार सवारीसाधन दुर्घटनाको ८० प्रतिशत कारण चालकको लापरबाही देखिएको छ । नयाँ परीक्षा प्रणालीमा लिखित परीक्षामा निश्चित समयको कोर्स नै राखिने र तीन महिनाको कोर्स राख्न प्रस्ताव गरेको छ । त्यसपछि सडकमै गएर ट्रायल पास गर्नुपर्ने व्यवस्था हुने छ । फिल्डमा गरिने प्रयोगात्मक परीक्षापास भएपछि लाइसेन्स पाउनका लागि छ महिना ट्रायल अवधि राखिने छ । यसैगरि ट्राफिक जरिवाना पनि बढाइने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्