नाम मात्रको संघीयता, कर्मचारीको झन् झन् अभाव झेल्दै सर्वसाधारण ।

दरवन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा रामेछापको स्वास्थ्य क्षेत्र प्रभावित भएको छ । स्वास्थ्य मौलिक अधिकार भए पनि स्वास्थ्यकर्मी नै नभएपछि रामेछापको स्वास्थ्य सेवा कमजोर बन्दै गएको हो ।

१ जिल्ला अस्पताल, ३ प्राथमिक स्वास्थ्य केन्द्र, ५१ स्वास्थ्य चौकी र एक उपस्वास्थ्य चौकीमा दरबन्दीअनुसार ३ सय ३ जना स्वास्थ्यकर्मी हुनु पर्नेमा २ सय ३५ जना स्वास्थ्यकर्मी मात्र कार्यरत छन् । जिल्लामा ६८ जना स्वास्थ्यकर्मीहरु अपुग छन् ।
स्वास्थ्य कार्यालय रामेछापको तथ्यांक अनुसार जिल्लामा ६ जना डाक्टरको दरबन्दी भए पनि करार सेवा लगायतमा १० जना डाक्टरहरु कार्यरत छन् । ५५ जना हेल्थ असिस्टेन्ट हुनुपर्नेमा हाल ३० जना मात्र कार्यरत छन् । २२ जनाको दरबन्दी रिक्त छ । यसैगरी १ सय १५ अहेव हुनुपर्नेमा हाल ८४ जना मात्र कार्यरत छन् । ३१ जना अहेवको सिट रिक्त छ । १ सय १६ अनमीहरु रहनु पर्नेमा अहिले ९९ जना मात्र कार्यरत छन् । १७ जनाको पद रिक्त छ । सहरी स्वास्थ्य सेवा केन्द्र र सामुदायिक स्वास्थ्य सेवामा समेत आवश्यकताअनुसार कर्मचारी छैनन् । यसले गर्दा स्वास्थ्य सेवा प्रभावित भएको छ ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्