मन्त्रिपरिषद् निर्णय : नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा. भण्डारी नियुक्त

FILE PHOTO

काठमाडौँ– सरकारले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा दीपक भण्डारीलाई नियुक्त गरेको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठकले भण्डारीलाई नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
त्यस्तै नेपाल र इजरायलबीच हुने विभिन्न सम्झौतामा हस्ताक्षर गर्न इजरायलका लागि नेपाली राजदूत डा.अन्जन शाक्यलाई अधिकार दिने निर्णय गरेको छ ।
मन्त्रिमण्डल पुनर्गठनका विषयमा चर्चा चलेपनि आजको बैठकमा प्रधानमन्त्रीले केही कुरा नगरेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्