काठमाडौं उपत्यकामा मात्रै ६४५ संक्रमित, पछिल्लो २४ घण्टामा देशभर ६ संक्रमितको मृत्यु

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५०३, ललितपुरका ९१ र भक्तपुरका ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो

यस्तै बितेको २४ घण्टामा देशभर १ हजार ३ सय १३ जना कोरोना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ३१३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । नियमित प्रेस ब्रिफिङ क्रममा क्रममा पछिल्लो चौबीस घण्टामा १२ हजार २६२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै कुल सङ्क्रमित ७० हजार ६१४ पुगेको छ । २४ घण्टामा एक हजार ४५५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यससँगै निको भएकाको संख्या ५१ ह्जार ८६६ पुगेको छ । मन्त्रालयले हाल १८ हजार २८९ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

६ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा ६ जनाकाे मृत्यु भएकाे छ । हिजाे सबैभन्दा बढी नेपालमा १७ जनाकाे संक्रमितको मृत्यु भएको थियाे ।  याेसँगै नेपालमा कुल मृत्यु हुनेकाे संख्या ४५९ पुगेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्