पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं- नेपालमा कोभिड–१९ का एक हजार ३१३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ३१३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १२ हजार २६२ वटा नमूना परीक्षण गरिएको हो । योसँगै नेपालमा नौ लाख ६८ हजार १८५ वटा आरटी पीसीआर परीक्षण भएको छ । मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १२ हजार २६२ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै कुल सङ्क्रमित ७० हजार ६१४ पुगेको छ ।

चौबीस घण्टामा एक हजार ४५५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यससँगै निको भएकाको संख्या ५१ ह्जार ८६६ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७३.४ प्रतिशत पुगेकाे छ । मन्त्रालयले हाल १८ हजार २८९ जनामा कोरोना भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । आइसोलेसनमा कुल १८ हजार २८९ पुगेको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६४५ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५०३, ललितपुरका ९१ र भक्तपुरका ५१ जना छन् ।

यस्तै मोरङका ६९ जना, चितवनका ६७, रुपन्देहीका ६१, महोत्तरीका ५५, सर्लाहीका ३९, बाँकेका ३२, सुनसरीका २८, अछाम र बझाङका २५/२५ जना, नवलपुरका २४, कास्कीका १९, गोरखाका १६, पर्साका १५, झापा र सल्यानका १४/१४ जना, सिराहा र प्युठानका १३/१३ जना, धनुषाका ११, बाराका १०, मकवानपुर, दाङ र सुर्खेतका ९/९ जनामा संक्रमण पुष्टि भएको छ ।

बाग्लुङका ८ जना, काभ्रेका ७ जना, कपिलवस्तु, गुल्मी, पाल्पा, बर्दिया र कैलालीका ६/६ जना, लमजुङका ५ जना, धादिङ, रामेछाप, स्याङ्जा र अर्घाखाँचीका ४/४ जना, खोटाङ, सप्तरी र नुवाकोटका ३/३ जना, सिन्धुपाल्चोक, सिन्धुली, नवलपरासी र डोटीका २/२ जना तथा ताप्लेजुङ, तेह्रथुम, रौतहट, दोलखा तनहुँ, दैलेख, कञ्चनपुर र दार्चुलाका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्