गाइबाँधे–लिप्ना सडकखण्डमा कालोपत्रेका लागि काम शुरु, मन्त्री बोहराद्वारा शिलान्यास

हरिश चन्द, डडेलधुरा
प्रदेश गौरवको योजना दैजी–जोगबुडा–सलौन–चिरकिट्टे–पोखरा–बेलापुर–ढुंगाड सडक खण्ड अन्तरगत गाइबाँधे लिपना खण्ड कालोपत्रे गरिने भएको छ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहराले सडकको शिलन्यास गरेका छन् । उक्त खण्ड निर्माणका लागि गत असार २८ शर्मा राजेन्द्र जेभी धनगढी कैलाली संग सम्झौता भइसकेको संग सम्झौता भइसकेको छ ।
१२ किलोमिटरको उक्त सडकमा नाली सहित ८ मिटर चौडाइ हुनेछ । सडक २०८० असार २७ गतेसम्म सम्पन्न गर्नेगरि सम्झौता भएको हो । यस योजनाको कुल लागत ३७ करोड ६१ लाख ८९ हजार ९ सय ६ रुपैंया छ भने २१ करोड ३६ लाख १ हजार ५ सय २ रुपैंयामा सम्झौता भएको हो । कुल सम्झौता रकम २१ करोड ३६ लाख एक हजार पाँच सय २८ पैसा मात्र भ्याट र पिएस सहित रहेको पुर्वाधर विकास कार्यालयका निमित्त प्रमुख राम चन्द्र खत्रीले जानकारि दिए ।
यस्तै दैजी जोगबुडा चिरकिट्टे बेलापुर ढुंगाड देउरा सडक योजनाका अन्य कामहरुले पनि तिब्रता पाएका छन् । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहराले नेत्रत्व गरिरहेको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको पूर्वाधार विकास कार्यालय डडेल्धुरा र पूस्र्वाधार विकास कार्यालय कञ्चनपुर विभिन्न खण्डमा सडक निर्माणको कामलाई तीब्रता दिएका हुन् । ५० प्रतिशत नेपाल सरकारले ५० प्रतिशत प्रदेश सरकारले बजेट विनियोजित गरि बहुबर्षे योजना अयाडी वढाएकउनका साथै पचासौ पुलहरु प्रस्ताविगरे धमाधम वन्दै गरेको सुदुर पश्चिम प्रदेशका भौतिक विकास मन्त्रि पठान सिह वोहराले बताए । उनले भने गौरवका प्रदेश गौरवको उक्त योजनामा बिभिन्न खण्ड तथा चरणमा काम भइरहेका छन् ।सानो कामको लागि पनि पहिले डडेल्धुरा जिल्ला सदरमुकाम पुग्न एक साता लाग्ने अहिले जनताले छिटो र समयमै घर पुग्ने गरि जनताको भावनालाई बुझेर हामिले यि योजनाहरुमा काम गरिरहेको जानकारि दिए ।
उक्त शिलन्यास कार्यक्रममा वोल्दै परशुराम नगरपालिकाका नेकपा अध्यक्ष शेर सिह मालले यि योजना त आए यसको गुण्स्त र समय वधि भित्र सक्न पर्नेमा निर्माण कम्पनि सगँ आफनो धारणा समेत राखेका हुन । योजना त धेरै आए तिन वर्षमा सकिने कामलाई सात वर्ष सम्म पनि नसक्ने ठेकदार सगँको सम्झौता वाट भित्रि मधेशका जनताले दुख पाएको समेत कार्यक्रममा अआफनो धारण राखेका हुन । गोरवका योजना अन्तरगत अहिले धमाधम काम भईरहेको र समय अगाबै आफु ले पाएको जिम्मा पुरा गर्ने शर्मा राजेन्द्र जे.भि धनगडी कैलालीका प्रतिनिधि जय बहादुर ऐरले वताए ।
दैजी–लिपना खण्ड दैजी लिप्ना सडक खण्डमा १७ कि मि सडक कालोपत्रेका लागि सडक डिविजन कञ्चनपुरले आ.व. २०७४/७५ मा ठेक्का लगाइ काम सुरु गरेको र ०७५/०७६ मा सो ठेक्का प्रदेश सरकारलाई सशर्त हस्तान्तरण गरिएको थियो । हाल सो खण्डमा कालोपत्रेका लागि बेस बिच्छ्याउने काम भैरहेको र चालू आ।व। भित्र सम्पन्न निर्माण कार्य सम्पन्न हुने देखिएको छ । गाइबाधे–जोगबुडा खण्डः यस खण्डमा पुर्वाधार विकास कार्यालय डडेल्धुराबाट आ.व.२०७५/०७६ मा ५.५ कि मि सडक कालोपत्रे का लागि ठेक्का सम्झौता भएर काम अगाडि बढेको छ ।जोगबुडा–खजुरानी खण्ड करिब ४ कि मि दूरी रहेको यो खण्ड र बुडर–जोगबुडा अन्तर्गत निर्माणाधीन अवस्थामा रहेको छ । सलौन–चिरकिट्टे खण्ड आ.व. २०७६/०७७ मा सलौन–चिरकिट्टे खण्डको ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । यश खण्डमा आ.व. २०७६/०७७ मै सडक स्तरोन्नतिको ठेक्का सम्झौता भएसकेको र चालू आर्थिक बर्षमा निर्माणको काम अगाडि बढ्ने मन्त्री बोहराको सचिवालयले जानकारिदिएको छ । डडेल्धुराको आधा जनसंख्या रहेको भित्रिमधेष वासिले आफ्नै जिल्ला भित्रको सडकबाट सदरमुकाम सम्मको यात्रा गर्न पाउने छन् । चिरकिट्टे–घटाल–आइतबजार–किर्तिपुर खण्ड यस खण्ड अन्तर्गत चिरकिट्टे–घटाल–आइतबजार खण्डमा स्तरोन्नतिका लागि काम अगाडि बढाउने तयारि भैरहेको छ । आइतबजार देखि झुरकाली हुँदै किर्तिपुर सम्म यसै आर्थिक बर्षबाट कालोपत्रे सडक निर्माण गर्ने गरि अगाडि बढाउन मन्त्री बोहराबाट स्थलगत निरिक्षण पछि निर्देशन भइ सकेको छ ।
यो सडक खण्ड अमरगढी नगरपालिकाको बागबजार भएर जाने भीमदत्त राजमार्गको बैकल्पिक मार्ग (बाइपास) बन्ने भएकाले झनै महत्वपुर्ण हुने देखिन्छ । पोखरा–बेलापुर–ढुङ्गाड खण्ड यस सडक खण्डमा पोखरादेखि नवदुर्गा सम्म १० कि मि सडक कालोपत्रे का लागि आर्थिक बर्ष २०७६/७७ मा नै ठेक्का सम्झौता भइसकेको छ भने ढुङ्गाड सम्मको ट्र्याक खोल्ने कार्य आ.व.२०७५/०७६ मै सम्पन्न भएको हो । ढुङ्गाड–देउरा खण्डयो खण्डमा ट्रयाक खोल्न समेत बाँकि छ । चालु आर्थिक बर्षमा सडकका सम्भाव्यता अध्ययन गरि ट्र्याक खोल्ने काम अघि बढ्ने सचिवालयले जनाएको छ । सडक यातायात नभएका बेला पनि पदमार्गका रुपमा प्रयोग हुने यो रुट सडक निर्माण पश्चात् निकै सहज हुने देखिन्छ । सडक निर्माण पछि १५० किलोमिटरको यात्रा पश्चात् कञ्चनपुरको दैजीबाट बझाङको देउरा बजार पुग्न सकिने छ । अबको ३ वर्षमा यश राजमार्गको अधिकांश काम सम्पन्न हुने गरि काम अगाडि बढाइएको छ । यस राजमार्गमा पर्ने बेदकोट खोला पुल र सिन्याडी खोला पुलको निर्माण संघीय सडक पुल महाशाखाबाट सम्पन्न भइ सकेका छन् । यस्तै खानीडाँडा सडक पुल निर्माणको अन्तिम चरणमा छ भने डोटी गाडमा पर्ने पथरोडा सडक पुलको अध्ययन सम्पन्न भइ यश वर्ष टेण्डर गरिने जानकारि प्राप्त भएको छ । यस्तै प्रदेश सरकारबाट डडेल्धुराको परशुराम नगरपालिका १२ स्थित खजुरानी सलौन जोड्ने करिव १२५ मिटर लामो रङ्गुन खोला सडक पुल निर्माणका लागि आथिक बर्ष २०७६/०७७ मा सम्झौता भएको छ र यसै आर्थिक बर्षबाट काम अघि बढ्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्