पहिरोमा नौ जना घर भित्रै पुरिए, एकको मृत्यु, एकको जिवितै उद्धार

पाल्पा- पाल्पाको रम्भा गाउँपालिका वडा नं. २ फोक्सिङकोटमा पहिरोले ३ वटा घर पुरिँदा ६ जना वेपत्ता भएका छन् । अविरल वर्षासँगै खसेको पहिरोले दुई घर पुरिँदा बेलौजाका एकै परिवारका ५ सहित  ६ जना वेपत्ता भएका हुन ।

स्थनीय हुम बहादुर गाहा र मान बहादुर गाहाको घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ । वडाध्यक्ष उमानसिंह सारुका अनुसार बेलौजाको हुम बहादुरको परिवारका ५ जना वेपत्ता भएका छन भने वडा नं. २ कै सुरुङ्गडांडामा घर पुरिँदा १ जना वेपत्ता भएका छन  मनबहादुर गाहाको परिवारका तीन जनाले भने भागेर ज्यान जोगाउन सफल भएको वडा अध्यक्ष सारुले बताउनुभयो ।

यस्तै सुरुङ्गडाँडामा वेपत्ता हुने गर्भवती महिला हुन । उनका श्रीमान भने पहिरो खसेपछि भागेर ज्यान जोगाउन सफल भएको वडा अध्यक्ष सारुले जानकारी दिनुभयो । पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएको हुँदा उद्दारमा समस्या भएको उहाँले बताउनुभयो । उद्दारका लागि जिल्ला सदरमुकामदेखि नेपाली सेनाको टोली घटास्थलतर्फ जाँदै गरेको नेपाली सेनाको पाल्पास्थित गोरखदल गणले जनाएको छ ।।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्