डडेल्धुराको अमरगढी नगरपालिकाद्वारा अस्पताललाई २० लाखको चेक हस्तान्तरण

हरिश चन्द , डडेल्धुरा
अमरगढी नगरपालिकाले डडेल्धुरा अस्पतालमा संचालन भएको पिसिआर ल्याब संचलान तथा संकट समाधानका लागि मंलगबार अस्पताललाई २० लाखको चेक हस्तान्तरण गरेको छ । सुदुरपश्चिम प्रदेशका पहाडी ७ जिल्लाको केन्द्र विन्दुमा रहेको डडेल्धुरा अस्पालमा कोरोना परीक्षण ल्याब स्थापना भई पीसिआर परीक्षण भईरहेको छ ।
कोरोना नियन्त्रण तथा रोकथाम गर्ने उद्धेश्यले स्थापना भएको कोरोना परीक्षण प्रयोगशालालाई अझ व्यवस्थित गर्नका लागि अमरगढी नगरपालिकाले अस्पताललाई २० लाख रुपैया सहायता गरेको अमरगढी नगरपालिका प्रमुख विशेश्वर प्रसाद ओझाले बताएका छन् ।
अमरगढी नगरपालिकाले २० लाख रुपैया खर्च गर्ने ४ वटा शर्तहरु सहित रकम हस्तान्तरण गरेको छ । डडेल्धुरामा कोरोना परीक्षण ल्याब संचालनमा आएपछि डडेल्धुरा लगायत सुदुरपश्चिमका अन्य जिल्लाहरुको पीसिआर परीक्षण हुदै आएको र पछिल्लो समय अस्पतालले प्रदान गर्ने सेवा सुविधाहरुमा पनि सुधार हुदै आएको अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले बताएका छन् ।
उनले भने अझै डडेल्धुरा अस्पतालको गुणस्तर सुधारका लागि स्थानीय तहबाट भएको आर्थिक तथा भौतिक सहयोगले थप उर्जा प्राप्त भएको छ र स्थानीय तहहरुसंग सधै समन्वय र सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता गरेका छौ ।
कोरोनाको महामारी सुरु भएसंगै डडेल्धुराका स्थानीय तहहरुले डडेल्धुरा अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने र उक्त प्रयोगशाला संचालनका लागि आर्थिक सहयोग गर्ने प्रतिवद्धता गरेका थिए सोही प्रतिवद्धता अनुसार अस्पताललाई २० लाख सहयोग गर्ने अमरगढी नगरपालिका पहिलो स्थानीय तह भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्