मातृ तथा नवजात शिशुको मृत्युदर घटाउन डडेल्धुरा अस्पतालमा सुसार कार्यक्रम थप प्रभाबकारी बन्दै

हरिश चन्द, डडेल्धुरा
मातृ तथा नवजात शिशुको मृत्यु दर कम गर्न डडेल्धुरामा गुणस्तरिय स्याहारका लागी सुसार कार्यक्रम सञ्चालन भएको छ । देश भरका आठ वटा अस्पतालमा सञ्चालित कार्यक्रम सुदूरपश्चिमका दुई वटा अस्पतालमा छ । डडेल्धुरा अस्पताल डडेल्धुरा र सेति प्राबिधिक अस्पताल धनगढीमा यो कार्यक्रम लागु गरिएको छ । नवजात शिशुको मृत्यु दर कम गर्न डडेल्धुरा अस्पतालका स्वास्थ्यकर्मीहरु लाई तालिम दिईदै छ । स्वास्थ्यकर्मी लाई तालिम संगै भ्रुणको मुटुको धड्कन जाँच गर्ने उपकरण मोयो, नवजात शिशुको मुटुको धड्कन जाँच गर्ने नियोबिट तथा जन्मदा सास फेर्न नसकेका शिशुलाई कृत्रिम स्वास प्रस्वास गराउन अपराईड व्याग मास्क जस्ता आधुनिक उपकरणहरु समेत दिईएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत विभिन्न गैरसरकारी संघ संस्थाहरुको सहयोगमा गोल्डेन कम्युनिटीले गुणस्तर सुधारका लागी तालिम र उपकरण उपलब्ध गराएको हो । नेपालमा प्रत्येक बर्ष जन्मिने छ लाख बच्चा मध्ये ११ हजार शिशु मृत अवस्थामा जन्मिने गरेका छन । करिब १३ हजार नवजात शिशु जन्मेको एक महिना नपुग्दै मर्छन । करिब १७ प्रतिशत शिशुहरु जन्मेको पहिलो घण्टामा, ५७ प्रतिशत शिशु जन्मेको पहिलो दिनमा र ७९ प्रतिशत शिशु जन्मेको पहिलो हप्तामा मर्ने गरेको तथ्यांक नेपाल सरकार संग छ । यो २०७३ सालको तथ्यांक हो ।
शिशुको मृत्युको कारण महिना नपुगी जन्मिनु ३१ प्रतिशत, जन्मना साथ सास फेर्न नसक्नु २३ प्रतिशत तथा संक्रमण हुनु १९ प्रतिशत प्रमुख हुन । सुदूरपश्चिममा प्रदेशमा नवजात शिशुदरको संख्या ४१ प्रतिशत छ ।
नेपाल सरकारले हाल रहेको नवजात शिशु मृत्युदर प्रतिहजार २१ लाई सन २०३० सम्ममा प्रतिहजार जिवित जन्ममा १२ मा सिमित राख्ने लक्ष्य लिएको छ । यस्तै मृत जन्मिने शिशुको दर प्रतिहजार जन्म लाई १३ मा घटाउने लक्ष्य अघि सारेको छ ।
यिनै लक्ष्यहरु लाई प्राथमिकतामा राखी काम गर्नु पर्ने अहिलेको आवश्यकता छ । सरकारको यो लक्ष्य प्राप्तीमा हातेमालो गर्न गोल्डेन कम्युनिटीले सुसार कार्यक्रमको थालनी गरेको मंगलबार अस्पतालमा पत्रकार संग गरिएको अभिमुखिकरणमा सुसार कार्यक्रमका सञ्चार विज्ञ सिर्जना सर्माले बताईन । यस कार्यक्रमले अस्पतालका मातृ तथा नवजात शिशु स्याहार वार्डहरुमा गुणस्तर सुधारका लागी चाहिने सिप र प्रबिधिहरु लाई प्रयोगमा ल्याई प्रसुती समयको जटिलता लाई गुणस्तरिय व्यवस्थापन गर्न सहयोग पु¥याउने हो । सुसारको मुख्य उद्देश्य मातृ तथा नवजात शिशु स्याहारको गुणस्तरमा सुधार ल्याउनु रहेको उनले बताईन । डडेल्धुरा अस्पतालमा एक बर्षमा ४५ मातृ तथा नवजात शिशुको मृत्यु
डडेल्धुरा अस्पतालमा गत बर्ष जम्मा नौ सय ८२ बच्चा जन्मिएका छन । ४५ मातृ तथा नवजात शिुको मृत्यु भएको छ । यो तथ्यांक बच्चा जन्मेको सात दिन भित्र मृत्यु भएकाको हो । जम्मा जन्मिएका बच्चा मध्ये एक सय ९० को अप्रेसन गरिएको थियो । लकडाउनका समयमा मात्रै एक सय १४ बच्चा अप्रेसन गरेर जन्मेका छन । यो तथ्यांक पछिल्ला तिन बर्षको तुलनामा झण्डै ४० प्रतिशतले कम हो । छ महिना सम्म अस्पतालमा स्त्री रोग प्रशुती बिशेषज्ञ नहुनु र चैत महिना यता भएको लकडाउनका अस्पतालमा बच्चा जन्मिनेको संख्यामा कमि आएको अस्पतालका मेसु जगदिचन्द्र बिष्टले बताए ।
आर्थिक बर्ष २०७४र२०७५ मा १४ सय २४ बच्चा अस्पतालमा जन्मिएका थिए । यि मध्ये पनि ४४ को मातृ तथा नवजात शिशुको मृत्यु भएको थियो । एक सय ९७ बच्चा अप्रेसन गरि जन्मेका थिए । यस्तै आर्थिक बर्ष २०७५/२०७६ मा जम्मा १४ सय २८ बच्चा अस्पतालमा जन्मेका थिए । यि मध्ये पनि ६० वटा मातृ तथा नवजात शिशुको मृत्यु भएको थियो । र दुई सय ३३ बच्चा अप्रेसन गरेर जन्मेको अस्पलालको तथ्यांक छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्