तस्विरमा हेर्नुहोस् , यस्तो छ आज नेपाल आइपुग्ने नेपाली रेलको भित्री र बाहिरी रूपरंग

कुर्था-जनकपुरधाम तथा भारतको जयनगरसम्म सञ्चालनका लागि नेपालले किनेको रेल सेट आज शुक्रबार नेपाल आईपुग्दैछ। लामो समय देखि बन्द रहेको नेपालको एकमात्र रेल सेवाको पुनः संचालनका लागि दुई सेट रेल तथा चार सेट इन्जिन ल्याइदैंछ। यसरी ल्याइने रेलको बोगीहरू विशेषरूपमा डिजाइन गरिएको छ। धेरैपछि रेल नेपाल पुनः सुरू हुन थालेकाले धेरैमा रेल कस्तो हुनेछ भन्नेमा धेरैको कौतुहल्ता छ।

२ वटा रेलगाडि नेपालको झण्डामा प्रयोग हुने निलो र रातो रंगलको रहेको छ । १ इन्जिन र ४ वटा बोगीसहितको रेल जनकपुर आएपछि आजै नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । विभागका महानिर्देशक मिश्रले रेलको फोटो आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका छन् । फोटोमा नेपाली रेल आकर्षक देखिएको छ । छिट्टै रेल सञ्चालन गर्ने तयारी गरेको विभागले आवश्यक कर्मचारीका लागि विज्ञापन समेत खुलाएको छ ।

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्