सिन्धुपाल्चोकमा भूकम्पले जोडले हल्लाए पनि कुनै क्षतिको जानकारी छैन, पहिरोको थप जोखिम बढ्यो

काठमाडौं- सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दू भएर गएको ६.० रेक्टर स्केलको भूकम्पले त्यस क्षेत्रमा जोडसँग हल्लाए पनि विहान ६ बजेसम्म कुने क्षतिको विवरण नआएको बताइएको छ ।
भूकम्पले काठमाडौं उपत्यका र उपत्यका आसपासका जिल्लाहरुलाई पनि हल्लाएको थियो । केन्द्रविन्दु राम्चे नजिकै बाह्रबीसेमा केही दिन पहिलाको पहिरोमा परेकाहरुको उद्धारमा रहनु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकास सापकोटाले आफू केन्द्रविन्दू भनिएको राम्चे क्षेत्र नजिकै रहेको र त्याहाँको प्रहरी र स्थानीय जनप्रतिनिधिसँग बुझ्दा कुने क्षतिको विवरण नआएको बताउनुभयो ।
भूकम्पले जोडले हल्लाए पछि स्थानीयहरु घर बाहिर आएका र स्थानीयमा त्रास भएको बताउनुभयो ।

२०७२ सालको भूकम्पले सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोक जिल्लामै भएको थियो । सो भूकम्पका कारण जमिन कमजोर भएकाले यस वर्षको वर्षामा पहिरोले पनि सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोकमै पुर्याएको छ । बुधबार बिहानको भूकम्पले जमिन थप कमजोर बनाएको अनुमान गर्दै प्रजिअ ढकालले भने, ‘पहिरोको जोखिम बढ्यो, आर्मी र एपीएफलाई अलर्ट बस्न भनेको छु ।’

याे पनि…

सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर बिहानै ६ रेक्टरको भूकम्पकाे धक्का

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्