लामो दुरीका बस असोज १ देखिनै खुल्ने, आधा संख्यामा यात्रु ; भाडा ५० प्रतिशत बढ्यो,

File Photo

काठमाडौं – सरकारले असोज १ गतेदेखि लामो दुरीको बस सञ्चालनको अनुमति दिने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण गएको चैत ११ देखि सञ्चालनमा रोक लागेको लामो दुरीको सवारी विभिन्न सर्तसहित सञ्चालनमा आउने भएको हो ।

लामो दुरीको बस सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने, बसमा आधा संख्यामा यात्रु राख्नुपर्ने र भाडादर ५० प्रतिशतसम्म बृद्धि गरेर लिन सक्ने सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्