बितेको २४ घण्टामा देशभर थप १ हजार ४५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर १ हजार ४५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७८९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १३९ र  होम आइसोलेशनमा ७ हजार ६१० जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६२ जना निको भएका छन् भने कुल निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्