बञ्चरो प्रहार गरी आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ

सांकेतिक तस्वीर

झापा- आफ्नै आमा ५० वर्षीया मीरा ऋषिदेबको हत्या गरेको अभियोगमा कमल गाउँपालिका-७ ठुलो बाह्रघरे बस्ने २४ वर्षीय दिनेश ऋषिदेबलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका दिनेशले आफ्नै आमालाई बञ्चरो र ढुङ्गा प्रहार गर्दा मीराको घट्नास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्