नेपाल कम्युनिष्ट पार्टी नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश

गणेशसिँह धामी, दार्चुला 
दार्चुलाको मालिकार्जुन गाउँपालिकामा केही व्यक्ति नेपाल कम्युनिस्ट पार्टी नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरी मालिकार्जुन गाउँपालिका वडा नं.३ मड तल्ला गाउँ बस्ने पुर्व वडा अध्यक्ष प्रेम सिह धामी, पूर्व ने.क.पा. ईलाका कमिटी सदस्य वडा नं. ३ बसेडी बस्ने दिलिप सिह धामी र लामो समय नेपाल प्रहरी स.ई बाट सेवा निवृत हुनु भएक वडा नं.३ बसेडी बस्ने उत्तम सिह धामीले कांग्रेस परिवेश गरि क्रियाशिल सदस्यता समेत लिएका छन ।
नेपाली कांग्रेस वडा नं.३ का सभापति श्री देव सिह धामीको अध्यक्षतामा आयोजित क्रायक्रममा मालिकार्जुन गाउँपालिका अध्यक्ष श्री नरेन्द्र सिह धामी र वडा नं.३ का वडा अध्यक्ष रुद्रे सिह धामीले नव प्रवेशी तीनै जनालाई क्रियाशिल सदस्यता प्रदान गरेको थियो

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्