दुर्घटनामा घाइते क्रिकेटर ललित भण्डारीलाई काठमाडौं ल्याइयो

काठमाडौं – मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका क्रिकेटर ललित भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

उनको कोहलपुर मेडिकल कलेजमा उपचार भएकोमा थप उपचारका लागि सोमबार काठमाडौंको ग्राण्डी अस्पतालमा हेलिकोप्टरमार्फत ल्याइएको हो। उनको दुवै हात र खुट्टाको शल्यक्रिया गर्नुपर्ने भएकाले काठमाडौं ल्याइएको हो। उनले चलाएको मोटरसाइकललाई मिनिट्रकले ठक्कर दिँदा भण्डारीसहित दुई जना घाइते भएका थिए।

आइतबार बेलुकी ७ बजे शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा दुर्घटना भएको थियो। उनको चोट निको हुन ६ महिना लाग्न सक्ने फुपाजु रामसिंहले बताए। ‘डाक्टरले के भन्छन् त्यसमा भर पर्छ अहिलेको अवस्था हेर्दा खेल्न सक्ने अवस्थामा पुग्न ६ महिना जति लाग्न सक्छ’, उनले भने। भण्डारीको उपचार खर्च परिवारले नै व्यहोरिरहेको छ। उनका साथीहरुले काठमाडौं लैजान मद्दत गरेका छन्। लकडाउनपछि खेल गतिविधि बन्द भएकाले भण्डारी कञ्चनपुर घर गएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्