आज १०३९ संक्रमित, ११७३ जना डिस्चार्ज

काठमाडौं– पछिल्लो २४ घण्टामा थप १०३९ जना कोरोना भाइरस (कोभिड) संक्रमित थपिएका छन् ।

देशभरका प्रयोगशालामा ९१६५ जनाको पीसीआर परीक्षण गर्दा १०३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आइतबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

बितेको २४ घण्टामा ११७३ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ३८६९७ रहेको छ । संक्रमितमध्ये ७३ प्रतिशतभन्दा बढी निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्