एकै परिवारका तीनजना मृत अवस्थामा फेला

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ निकोसेरास्थित चारतले घरभित्र शुक्रवार साँझ एकै परिवारको तीनजना मृत अवस्थामा फेला परेका छन् ।
मृत भेटिएकाहरूमा घरधनी ३६ वर्षीय सुदिप अधिकारी उहाँकी श्रीमती ३५ वर्षीय सम्झना अधिकारी र अन्दाजी १५ वर्षीय छोरा सुशान्त रहेका छन् । घरको दोस्रो तलमा कुकुर समेत मृत भेटिएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख प्रहरी उपरीक्षक तारा थापाले तीनै जनाको केही दिन पहिले हत्या गरिएको हुन सक्ने बताउनुभयो । घटनाको सम्वन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
अधिकारी परिवारलाई भेट्न दिउँसो ५ वजे घरमा पुगेका एक आफन्तले घटनाको वारेमा प्रहरीलाई जानकारी दिएका हुन । घरको तेस्रो तलामा श्रीमती सम्झाना र चौथो तलमा बुबा–छोराको शव फेला परेको हो ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख दिपक थापाले घटना रहस्मय भएको बताउनुभयो । यो हत्या हुन सक्छ उहाँले भन्नुभयो, अनुसन्धान गर्दै छौं, त्यसपछि विस्तृत विवरण आउला ।
त्यस्तैं, नेपाल प्रहरीको तालिम प्राप्त कुकुर सहितको टोली अनुसन्धानमा परिचालन गरिएको छ । अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवी समेत खटिएको छ ।
मृतकहरूको शव आवश्यक घटनास्थल मुचुल्का तयार पारी पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज ल्याउने तयारी गरिएको छ । महाशाखा प्रमुख थापाका अनुसार, शब गनाइ सकेको अवस्थामा फेला परेको हो ।   गोरखापत्र अनलाइन 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्