नेकपा स्थायी कमिटीको बैठक आज बस्दै

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक आज बस्दैछ । गत साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक पार्टी अध्यक्षद्वयले आज बिहान ११ बजेका लागि तोक्नुभएको हो ।

यसअघि हिजो पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डले छलफल गरी कार्यदलले दिएको सुझावका आधारमा कार्यान्वयनको कार्य योजनासहितको प्रस्ताव तयार गरिसक्नुभएको छ । बैठकको छलफलका विषयहरुमा दुई अध्यक्षको जिम्मेवारीलाइ प्रस्ट पार्ने तथा आगामी चैतमा महाधिवेशन गर्न प्रस्ताव गर्ने लगायतका प्रस्ताव तयार गरिएको बताइएको छ ।

यसैगरी मन्त्रीमण्डल पुनर्गठन निश्चित मापदण्ड बनाएर गर्नुपर्ने, प्रदेश र स्थानीय तहका कामलाइ थप प्रभावकारी बनाउने, पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउन निश्चित अवधि तोक्नेसहितका विषयमा समेत छलफल हुने बताइएको छ ।

साथै कोभिड-१९ को नियन्त्रणलाई थप प्रभावकारी बनाउने उपायका बारेमा पनि नेकपा स्थायी कमिटीको बैठकमा छलफल गर्ने कार्यसूची तय गरिएको छ ।-

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्