पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थपिए ५७२ कोरोना संक्रमित, ३ जनाको मृत्यु

काठमाडौं – काठमाडौं उपत्यकाका ५७२ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ४९५ जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरका ४३ र भक्तपुरका ३४ जनामा कोरोना संक्रमित थपिएका छन् ।काठमाडाैँमा नयाँ थपिएका सङ्क्रमितमध्ये १४७ महिला र ३४८ पुरुष, ललितपुरमा २० महिला र २३ पुरुष तथा भक्तपुरमा १६ महिला र २२ जना पुरुषमा सङ्क्रमणको पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा तीन तीनजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंका ५५ वर्षीया महिला तथा ५९ र ८३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्