काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ४ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं– काठमाडौं उपत्यकामा मात्रै बितेको २४ घण्टामा ४ सय ६४ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ सय ९४, भक्तपुरमा ३६ र ललितपुरमा ३४ जनासहित उपत्यकामा ४ सय ६४ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा कूल कोरोना संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्