पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८१ जनामा संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

यस्तै बितेको २४ घण्टामा ९१८ जना संक्रमण मुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ३३ हजार ८८२ पुगेको छ ।
यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ ।

जसमा संस्थागत आइसोलेशनमा ७ हजार ९८८ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ३७ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ११ हजार १६७ जनाको पीसीआर परीक्षण भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्