काठमाडौं उपत्यकामा थप ३९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ३९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

काठमाडौंका ३००, भक्तपुरका ५८ र ललितपुरका ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा।गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ४८ हजार १३८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

१४ हजार ८६८ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार ८ हजार ०५३ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ६ हजार ८१५ छन्। क्वारेन्टाइनमा ५ हजार ३१० जना रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ६११ नमूनाको पीसीआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा २२८७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३२ हजार ९६४ छ। यो ६८ प्रतिशत हो। यस्तै १४४ आइसीयूमा उपचार भइरहेको छ भने २३ जना भेन्टिलेटरमा छन्। नेपालमा कोरोनाबाट हालसम्म ३०६ जनाको मृत्यु भएको छ। मंगलबार मात्रै छ जनाको मृत्यु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्