ज्ञानगङ्गाबाट टाढा भएपनि आमाको काखले व्यवहारिक ज्ञान मौलाइरहेको छ

विशाल आचार्य

यतिबेला हामी हाम्रा पाठ्यक्रमका पुस्तक आधाआधी सकिसकेका हुन्थ्यौ । किताबका पन्ना पन्ना कण्ठस्थ गर्नमा व्यस्त हुन्थ्यौ । थप नयाँ नयाँ ज्ञानमा बामेसर्दै हुन्थ्यौ । तर अहिले कोरोनाको त्रासका कारण आफ्नै जन्मभुमि फर्केका छौ । साथिभाइ र गुरुको सान्निध्यबाट बन्चित त भए तरपनी नयाँ ज्ञान र असल संस्कारबाट बन्चित भएको छैन झै लाग्छ ।

शैक्षिक ज्ञानबाट केही बन्चित भए होला तर व्यवहारिक ज्ञान भने झन झन बढ्दै गएको छ जस्तो लाग्छ । मैले मेरो गाउको जनजीवन जिवनशैली जिवनपद्धती धमिलो देखेको थिए तर ऐले जन्मभुमिको बसाइले केहि क्लियर देख्न थालेको अनुभूति भएको छ । द्वन्द्व के हो कसरी द्वन्द्व हुन्छ भन्नी कुरा किताबी पन्नामा पढेको थिए तर यथार्थ कसरि र के हो भन्ने कुरा आखै अगाडी देखे । हजुरबुबा भन्नू हुन्थ्यो कलि हो नाति कलि [आयो कलि धपक्कै बलि ] हजुरबुबाले भनेको कुरा हो रैछ किन यति सानो चित्त होला रु विकासवादी हु भन्दै हिड्नेले गरेको भडुवाविकासवाद हेर्दा दिक्क लाग्छ र आफुले आफैलाइ प्रश्न गर्छु आखिर के का लागिरुरुरु एता नयाँ शिक्षा र नया अवसरमा पनि टुकि बलेको छ नयाँ गुरु पाएको छु बाझो खेत मलजल भैरहेको छ र नयाँ ज्ञानपनी पाइरहेको छु ।

साहित्यकार जगन्नाथ आचार्य गुरुको सत्प्रेरणा र हौसलामा अघि बढ्न कोसिस गरिरहेछु । उहाको ज्ञान गङ्गामा डुब्न त सक्दिन तरपनी ज्ञानगङ्गाको अवाज भने सुनिरहेछु । गुरुले पढाउदा विभिन्न समाजसेवी को नाम लिदै भन्नू हुन्थ्यो यस्ता मानिसहरु आफ्ना निजि भलाइकालागि हैन समग्र समाजकालागि भलाइ चाहन्छन । तर म आश्चर्यचकित पर्दै प्रश्न गर्थे गुरु यस्ता निस्वार्थ भावनाले काम गर्ने मान्छेनी हुन्छन रुरु गुरु मुस्कुराउदै भन्नू हुन्थ्यो बाबू हुन्छन अझै हाम्रा समाजमा एस्ता मान्छेहरु छन । मैले पुर्ण विश्वास त गर्थिन तर पनि म दङ्ग पर्दै आफैलाइ प्रश्न गर्थे एस्तै निस्वार्थ कामनाले काम गरे विकास हुन कति दिन लाग्छ र रु मेरो मनको आवाज कस्ले सुन्नु रुरु मैले आज आफ्नै आँखा अगाडि गुरुले भनेझै मान्छे देखे मलाइ पुर्ण बिश्वास लाग्यो र म मन्मनै सोच्थे यस्ता मान्छेलाइ भगवानले हाम्लाइ भन्दा पृथक तरिकाले बनाएका होलान रु गुरुको सत्प्रेरणा र हौसलाले समाजका लागि केहि गर्नु पर्छ भन्नी भावनाको विकास भएको छ ।

केही गरौ गरौ भन्ने उत्साह जागेको छ । ज्ञानसमुन्द्र बाट टाढा त छु तर पनि ज्ञानकोखोल्सामा भने पक्कै छु झै लागेको छ । अझ केही गर्नुपर्छ भन्नी उत्साह जागेको छ

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्