रुसमा निर्मित कोरोनाविरुद्धको खोप भारतसहित अन्य देशमा पनि परीक्षण गरिने

रुसमा विकास गरिएको कोरोना भाइरस विरुद्धको खोप भारतसहितका केही देशहरुमा पनि परीक्षण गरिने भएको छ ।

स्पुत्निक-५ नाम दिइएको सो खोपको भारतसहितका केही देशमा यसै महिनामा परीक्षण गर्न लागिएको रुसी अधिकारीहरुले जनाएका छन् । रुसी लागानी कोषका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले दिएको जानकारी अनुसार भारत बाहेक साउदी अरब, युनाइटेड अरब इमरेट्स् (युएई), फिलिपिन्स, ब्राजिलमा पनि खोपको परीक्षण हुन लागेको हो ।

खोपको पहिलो र दोस्रो चरणको परीक्षण रुसमै भएको थियो । अब तेस्रो चरणको परीक्षण एकै पटक धेरै मुलुकमा गर्न लागिएको हो । यो परीक्षणको नतिजा आगामी अक्टोबरदेखि नोभेम्बरसम्ममा आइसक्ने जानकारी दिइएको छ ।

रुसले गत अगस्ट ११ मा यो खोप विकास गरिएको घोषणा गरेको थियो । सो घोषणासँगै विश्वभरी आशा र खुशीयाली छाएको छ । अहिलेसम्मको परीक्षणमा सकारात्मक नतिजा आएकाले खोप उपयोगी हुनसक्ने विश्वास गरिएको छ ।- नेपाल टेलिभिजनबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्