निजामति सेवा दिवस: देश विकास र जनताको सेवामा समर्पित हुन कर्मचारीलाई प्रधानन्त्रीको आग्रह

काठमाडौँ- आज निजामति सेवा दिवस । नेपालमा हरेक बर्षको भाद्र २२ मा बिभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाइन्छ ।

बिसं २०६२ सालवाट निजामति सेवा दिवसको शुरुवात भएको हो ।  तत्कालिन प्रधानमन्त्री टंक प्रसाद आचार्यले बिसं २०१३ साल भाद्र २२ गते निजामती ऐन ल्याएको दिन पारेर यो दिवस मनाउन थालिएको हो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै निजामती कर्मचारीलाई देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गर्नुभएको छ ।

उहाँले राष्ट्रसेवकलाई स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ राष्ट्रिय एकताको भावधारामा एकताबद्ध हुँदै सुशासन र विकासको बाटामा अग्रसर हुनसमेत आग्रह गर्नुभएको छ  ।

सन्देशमा प्रधानमन्त्रीले कर्मचारीमा उच्च नैतिक आचरण र पेशागत निष्ठामार्फत जनताप्रति उत्तरदायी र असल शासनको व्यावहारिक अनुभूति प्रदान गर्न सफलता मिलोस् भन्नेसमेत कामना गर्नुभएको छ

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्