शिक्षक, कर्मचारीहरुमाथि भइरहेका अमानवीय कार्य बन्द गरि कोरोना विमासहित कम्तीमा ३ महिनाको तलब भुक्तान गर्न ISTU कंचनपुरको अनुरोध

कोरोना कहरबाट शिक्षालगायत सबै क्षेत्र तहसनहस बनेका छन् । यसैबीच निजी तथा संस्थागत विद्यालयमा पढाउने शिक्षकहरुको दैनिकी झन् कष्टकर बनेको छ । कोरोना रोगले भन्दा भोकले मरिने अवस्थामा शिक्षक कर्मचारीहरु पुगेका छन् । देशमा लकडाउन गरिएपछी आजसम्म शैक्षिक संस्था खुलेका छैन । जीवनको अमुल्य समय संस्थागत विद्यालयहरुको उन्नति र प्रगतिको लागि व्यतीत गर्ने शिक्षक कर्मचारीले २०७६ सालको मंसिर- पुस देखि तलब पाउन सकेका छैनन् ।
यसैबीच संस्थागत विद्यालय शिक्षक युनियन कंचनपुरले विज्ञप्ति जारी गर्दै २०७६ सालको सबै बक्यौता तलब र २०७७ सालको कम्तीमा ३ महिनाको तलब तत्काल भुक्तानी गर्न सरोकारवालाहरुलाइ अनुरोध गरेको छ साथै सम्पुर्ण संस्थागत शिक्षक कर्मचारीहरुको १ लाख बराबरको कोरोना विमा गर्न समेत आग्रह गरेको छ ।
संस्थागत विद्यालयका शिक्षक कर्मचारीहरुलाइ मानसिक तनाव दिने, तलब माग्दा निष्कासित गर्ने, ISTU मा आबद्ध भएकै कारण धम्काउने जस्ता अमानवीय कार्यहरु नगर्न, नगराउन समेत चेतावनी दिएको छ ।

विस्तुतमा :

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्