पछिल्लो २४ घण्टामा देशभर थप १३ सय ५९ जनामा जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा १३५६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।

उनीहरुमध्ये २७१ जनाको मृत्यु भएको छ भने २५ हजार ५६१ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १३५४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरमा १८ हजार ४०४ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ९४२ जना संस्थागत र बाँकी होम आइसोलेसनमा छन् ।

१४ जनाको मृत्यु

यसैबीच कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार जना महिला र १० जना पुरुष छन् ।

काठमाडौंमा तीन जना महिला र चितवनमा एक जना महिलाको मृत्यु भएको छ । सप्तरीमा दुई पुरुष तथा धनुषा, कास्की, नवलपरासी, प्युठान, रुपन्देही, पाल्पा र सुर्खेतमा एक–एक जना पुरुषको पनि कोरोना संक्रमणले ज्यान गएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्