बैतडीमा सोमबार राति १२ बजेदेखि भदौ १४ गते राति १२ बजेसम्म निषेधाज्ञा

नरेश जोशी, बैतडी

बैतडी जिल्ला भोलीदेखि निषेधाज्ञा लागू गरिने भएको छ ।। सोमबार राती १२ बजेदेखि भदौ १४ गते राती १२ बजे सम्म लागू हुने गरी आंशिक रुपमा निषेधाज्ञा जारी गरिने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले जानकारी दिनुभएको छ ।

कोरोना भाईरसको संक्रमण बढ्दै गएको र गौरापर्व पनि शुरु भएकाले भीडभाड हुन नदिन स्थानीय प्रशासनले आंशिक रुपमा निषेधाज्ञा जारी गरेको उहाँले बताउनुभएको छ। आईतबार बसेको कोभिड १९ जिल्ला स्तरिय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो स्वास्थ्य तथा अत्याआवश्यक बाहेकका सबै आवतजावत बन्द हुने बताइएको छ । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी गरिएको आदेशमा अत्यावश्यक सेवा बाहेक सबै प्रकारका उद्योग, व्यापार व्यवसाय बन्द गरिने उल्लेख गरिएको छ ।

यस्तै अत्यावश्यक काम बाहेक कसैले बाहिर हिडडुल गर्न नपाइने र बाहिर निस्कनु परेमा अनिवार्य रुपमा मास्कको प्रयोग गरेर मात्रै निस्कन पाइने बताएको छ निषेधाज्ञा जारी गरिएको समयमा सबै प्रकारका मेला, जात्रा, सभा, गाष्ठी लगायत भीडभाड हुने खालका सबै कार्यक्रममा रोक लगाइएको छ । लकडाउन जारी गरिएको समयमा होटेल तथा रेष्टुँराहरु सञ्चालन गर्न नदिइने पनि आदेशमा उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश विपरीत कसैले कार्य गरेमा कानुन अनुसार कारवाही हुने सहायक प्रमुख जिल्ला अधिकारीले लोकेन्द्र सिंह नेगीले बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्