चोरी र जबर्जस्ती करणीमा संलग्न दुई अभियुक्त १८ बर्ष पछि पक्राउ

सुशील सुवेदी, सिन्धुपाल्चोक

चोरी र जबरजस्तीकरणीमा संलग्न दुइ अभियुक्तलाइ लामो समयपछि प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मेलम्चीले दुइ अभियुक्तलाइ पक्राउ गरेको हो । जबरजस्तीकरणीमा संलग्न तत्कालिन मेलम्ची गाविस वडा नम्बर ३ का ३६ बर्षीय उत्तम भनिने भोला बहादुर खड्कालाई लाई १८ वर्षपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो ।

खड्कालाई जिल्ला अदाल सिन्धुपाल्चोकले २०५९ जेठ २२ गते जबरजसती करण मुद्दामा संलग्न रहेको भन्दै १ वर्ष ५ महिना २३ दिन कैदभुक्तानीको फैसला सुनाएको थियो । शुक्रबार जरायोटार स्थित आफ्नै घर नजिकबाट पक्राउ परेका खड्कालाई आज अदालतमा दाखिला गरिएको छ ।त्यस्तै चोरी मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । २०४४ साल असोज १९ गतेको फैसला अनुसार १ महिना १५ दिन कैद तथा ५६ हजार ३ सय ८७ जरिवाना सजाय पाएका साबिक दुवाचौर ७ हाल मेलम्ची नगरपालिका वडा नम्बर ८का ७८ बर्सिय ग्याम्जो तामाङलाई पक्राउ गरेको प्रहरी निरीक्षक तामाङले जानकारी दिनुभयो ।

फैसला सुनाएपछी फरार रहेका तामाङलाई जङ्गलमा रहेको अबस्थामा प्रहरी निरीक्षक फल बहादुर तामाङको कमान्डमा खटिएको टोलिले नियन्त्रणमा लिएको र आज अदालतमा दाखिला गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्