पछिल्लो २४ घण्टामा देशभर ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि, थप ३ जनाको मृत्यु

काठमाडौं– काठमाडौं उपत्यकामा संक्रमितको संख्या पछिल्लो २४ घण्टामा घटेको छ । आइतबार उपत्यकामा १ सय ६६ जना संक्रमित भएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार कामठाडौंमा १ सय २६, भक्तपुरमा २८ र ललितपुरमा १२ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार २६ जनाको पीसीआर परीक्षण गर्दा ८ सय १८ जना संक्रमित भएका छन् । आइतबार २ सय ८१ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ६ सय ३१ रहेको छ ।

यस्तै पछिल्लो विवरणअनुसार थप ३ जनाको कोरोनाबाट मृत्यु भएको छ ।  योसँगै मृतकको कुल संख्या १४९ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्