बन्दाबन्दी र निषेधाज्ञाबीच रगत अभाव, रक्तदान गर्न युवालाई आग्रह

बन्दाबन्दी र निषेधाज्ञाबीच रगत अभाव भएकाे नेपाल रेडक्रस साेसाइटीले जनाएकाे छ । बन्दाबन्दी र निषेधाज्ञाका कारण रक्तदान कार्यक्रमहरू हुन नसक्दा रगत अभाव भएकाेले रक्तदान गर्न रेडक्रसले युवाहरूलाई आग्रह गरेकाे छ ।

केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरै रक्तसञ्चार केन्द्रहरूमा रगत स्टक अति न्यून रहेकाे नेपाल रेडक्रस साेसाइटीका सञ्चार निर्देशक दिव्यराज पाैडेलले जानकारी दिनुभयाे । उहाँका अनुसार तय भएका रक्तदान क्याम्पहरू स्थगित भइरहेका छन् । उहाँका अनुसार केन्द्रीय रक्तसञ्चार सेवामै आएका सेवाग्राहीलाई पनि फिर्ता पठाउनुपरेकाे छ ।  बिहीबार र शुक्रबार केन्द्रीय रक्तसञ्चार सेवामा रगत लिन आएका दर्जनाैँ बिरामीका आफन्तलाई खाली हात फिर्ता पठाइएकाे उहाँले बताउनुभयाे ।

नियमित रगत चाहिने खालका बिरामीहरूका लागि समेत रगत पर्याप्त आपूर्ति गर्न गर्न नसकिएकाे  निर्देशक दिव्यराज पाैडेलले बताउनुभयाे । नियमित रगत चाहिने क्यान्सर, मिर्गाैला, थालसेमिया, हेमाेफिलियाजस्ता बिरामीलाई समेत रक्तसमूह मिल्ने आफन्त खाेजी रगत दिन लगाई काम चलाइरहेकाे पाैडेलले बताउनुभयाे । दुर्घटना,  प्रसूती, मुटु, आकस्मिक शल्यक्रियाका बिरामीहरूका आफन्तहरूलाई कतिपय अवस्थामा फर्काउनुपर्ने अवस्था रहेकाे उहाँकाे भनाइ छ ।

विशेष गरी देशमा मुख्य सहरहरू तथा मिर्गाैला, क्यान्सरका राेगी धेरै हुने स्थानहरूमा रगतकाे अभाव भइरहेकाे निर्देशक दिव्यराज पाैडेलले बताउनुभयाे । उहाँका अनुसार काठमाडाैँ, विराटनगर, धरान र चितवनलगायत मुख्य सहरमा  रगत अत्यन्तै अभाव भइरहेकाे छ । ‘बन्दाबन्दीकाे सुरुमा रगत राम्रै सङ्कलन भएकाे थियाे । तर याे लम्बिँदै गएपछि रक्तसञ्चार क्याम्पहरू गर्न असहजता भएका कारण यस्ताे अभाव भएकाे हाे ।’ निर्देशक पाैडेलले भन्नुभयाे ।

असहजताबीच पनि रेडक्रसले रगत सङ्कलन गर्न पहल गरिरहेकाे उहाँकाे भनाइ छ । भक्तपुरमा स्थानीय प्रशासनसँगकाे समन्वय गरी शनिबार रक्तदान कार्यक्रम गरिरहेकाे उहाँले जानकारी दिनुभयाे ।

रगतकाे अभाव भएकाेले रक्तदाता तथा स्थानीय सङ्घसंस्थाले साना समूहमा रक्तदान कार्यक्रम आयाेजना गरी रगत आपूर्ति गराउन सकिने उहाँकाे भनाइ छ । सुरक्षित तवरले रक्तदान गराउँदा काेभिड १९ काे जाेखिमसमेत नहुने भएकाेले नियमित रुपमा रक्तदान गराइरहेकाे व्यक्तिहरू तथा युवाहरूले नजिकका केन्द्रहरूमा गई रक्तदान गर्न उहाँले आग्रह गर्नुभयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्