भीमदत्त राजमार्गका घुम्ती सुधार गरीदै

हरिश चन्द , डडेल्धुरा
सुदुरपश्चिमका सात पहाडि जिल्ला लाई तराईका जिल्ला स.ग जोड्ने प्रमुख राजमार्ग भिमदत्त राजमार्ग सडक खण्डको जोखिम भएको स्थानमा मोड सुधार गर्न थालिएको छ । भिमदत्त रामजार्गमा सचालन हुने यातायातका सवारी साधनको चाप वढे संगै घुम्तीमा दुर्घटनाको जोखिम वढे पछि मोड सुधार गरिन थालिएको हो । मोड सुधार भए संगै दुर्घटनाको जोखिम कम हुनेमा विस्वास लिइएको छ ।
भिमदत्त राजमार्ग अन्र्तगत डडेल्धुराको हगुल्टेलेक देखी जिल्ला सदरमुकाम सम्मको सडकमा मोड सुधार गर्न थालिएको छ । भिमदत्त राजमार्गमा संचालन हुने यातायातका सवारी साधनको चाप वढ्दै जाँदा घुम्तीका कारण दुर्घटनाको जोखिम हुन थालेको भन्दै भिमदत्त राजमार्ग सडक खण्डको डडेल्धुराको हगुल्टेको लेक देखी जिल्ला सदरमुकाम सम्मको जोखिम पुर्ण स्थानमा मोड सुधार गर्न थालिएको हो ।
हगुल्टेको लेक देखी जिल्ला सदरमुकाम सम्मको करिव ३० किलोमिटर क्षेत्रको दुर्घटानाको जोखिम रहेको स्थानमा मोड सुधार, होमपाई , ग्याभिन वाल , गर्नूका साथै सो स्थानमा सडक चौडा गर्ने काममा गुणस्तरलाई मध्यनजर गर्दै समयमै काम सक्ने राष्ट्र निर्माण सेवाका प्रो.नरेन्द्र बहादुर जोराले वताउँनु भयो ।
संघीय सरकारको करिव ३ करोड रुपैयाको लागतमा सडकको मोड सुधार गर्ने काम भईरहेको छ । सडक सााघुरो हुनुका साथै विपरित दिशावाट आउने यातायातका सवारी साधन नदेखिदा यी क्षेत्रमा वर्षेनि दुर्घटना हुने गरेका छन् । दुर्घटनाको जोखिम रहेका स्थानको घुम्तीमा सडक चौडा भएपछि यातायात संचालनका लागि सहज हुनुका साथै विपरित दिशावाट आउने यातायातका सवारी साधन सहजै देखिने भएपनि दुर्घटनाको जोखिम कम हुने चालकहरुको भनाई रहेको छ ।
मोड सुधार भएपछि विपरित दिशावाट आउने यातायातका सवारी साधन देखिनुका साथै मोडमा दुईतर्फी यातायात सहज संचालन गर्नका लागि सहज हुने घुम्तिीमा आई कन्टेक्ट हुदा दुर्घटना कमि हुने चाँदनि क्नटक्सन का प्रतिनिधि शम्भु गुरुङको भनाई रहेको छ ।
घुम्तीकै कारण यस राजमार्गमा वर्षेनि यातायातका सवारी साधन दुर्घटना हुने गरेका छन् । भिमदत्त राजमार्गमा साना ठ्ला गरि दैनिक हजारौ यातायतका सवारी साधन संचालन हुने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्