२० प्रतिशत बेड कोभिड व्यवस्थापनका लागि छुट्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० प्रतिशत बेड कोरोना भाइरस (कोभिड–१९) व्यवस्थापनका लागि छुट्याउन निजी अस्पताललाई निर्देशन दिएको छ ।

घनाबस्ती भएका जिल्लाहरु र सहरहरुमा संक्रमण वृद्धि भएको तथा काठमाडौंमा बेड अभाव हुँदै गएको भन्दै मन्त्रालयले निजी क्षेत्रका अस्पताललाई समेत २० प्रतिशत बेड कोभिड व्यवस्थापनका लागि राख्न निर्देशन दिएको हो ।

कुनै पनि अस्पतालमा भर्ना भएका बिरामीलाई कोभिड १९ संक्रमण पुष्टि भए हब अस्पतालको समन्वय बिना रिफर नगर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्