काठमाडौं उपत्यकामा थप १३९ जनामा संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप १३९ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमा ललितपुरमा २१ र भक्तपुरमा ९ जना छन् भने बाँकी काठमाडौंका रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा कोरोना संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको जानकारी दिए । यस्तै हालसम्म निको हुनेको कुल संख्या १६ हजार ७२८ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु  हुनेको संख्या ९१ रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्