बुधबार थप ४ सय ८४ जनामा कोरोना संक्रमण

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) बाट ४ सय ८४ जना संक्रमित भएका छन् ।

नियमित प्रेस ब्रिफिङमा बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएअनुसार देशभरका प्रयोगशालामा १० हजार ४ सय ८१ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ८४ जना संक्रमित भेटिएका हुन् ।

२४ घण्टामा ६६ जना डिस्चार्ज भएका छन् । हालसम्म १६ हजार ७ सय २८ जना कोरोनामुक्त भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्