एअर इण्डिया एक्सप्रेसको विमान अवतरणको क्रममा दुर्घटनाग्रस्त

संयुक्त अरब इमिरेट्सको दुबईबाट आएको एअर इण्डिया एक्सप्रेसको विमान दक्षिण भारतीय राज्य क्यालिकटको विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको छ।

विमानमा झन्डै २०० जना सवार थिए। उक्त विमान अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको थियो। विमान दुई टुक्रा भएको तस्बिर सामाजिक सञ्जालहरूमा राखिएका छन्।

कति हताहती भयो भन्ने प्रस्ट भएको छैन। स्थानीय समय पौने आठ बजेतिर दुर्घटना भएपश्चात् उद्धार कार्य थालिएको थियो। सो क्षेत्रमा ठूलो वर्षा भइरहेको थियो।

फाइल तस्बिर

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्