प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री यादवलाई कोरोना पुष्टि

काठमाडौँ – प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार राति आएको रिपोर्टमा ४४ वर्षीय मन्त्री यादवमा कोरोना पोजेटिभ देखिएको हो । उनीसँगै उनका चालक, व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ), अंगरक्षक र एकजना सशस्त्र प्रहरीका जवानमा कोरोना संक्रमण पुष्टि भएको स्रोतले बतायो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

मन्त्री यादव हालै प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुन काठमाडौं आएका थिए । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, गृहसचिव, प्रहरी महानिरीक्षकलगायत सहभागी थिए । काठमाडौँ बाट फर्के लगत्तै उनमा कोरोना पोजेटिभ देखिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्