दार्चुलामा ८० वर्षीया बृद्धा मृत फेला, हत्याको आशंकामा छोरा प्रहरीको नियन्त्रणमा

सांकेतिक तस्बिर

गणेशसिंह धामी

दार्चुला – दार्चुलाको दुँहु गाउँपालिका एक बृद्धा मृत फेला परेकी छन् । वडा नम्बर ३ ब्रह्मदेवमा ८० बर्षिया नारु देबी बम घरभन्दा २० मिटर टाढा मृत फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय दार्चूलका अनुसार हत्या गरेको आशंकामा मृतक बृद्धाका छोरा ५२बर्षीय नरबहादुर बमंलाई नियन्त्रणमा लिइएको छ । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक भास्कर चन्दको नेतृत्वमा प्रहरी टोली घट्नास्थलमा खटिएको छ । मृतकको घाटीमा निलडाम देखिएको र शरीरको अन्य भागमा कुनै घाउ नदेखिएकोले घाँटी च्यापेर हत्या गरेको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी पदम बिष्टले बताए ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला लैजाने तयारी भइरहेको प्रहरी निरीक्षक भाष्कर चन्दले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्