जम्मू कश्मीर (लद्दाख) जूनागढ समेटेर पाकिस्तानद्वारा नयाँ नक्सा जारी

एजेन्सी – पाकिस्तानले नयाँ नक्सा जारी गरेको छ । मंगलबारको मन्त्रिपरिषद्ले नयाँ राजनीतिक नक्सालाई स्वीकृति दिएको छ । पाकिस्तानको नयाँ राजनीतिक नक्सामा जम्मू कश्मीर (लद्दाख) जूनागढलाई पाकिस्तानी क्षेत्रमा देखाइएको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले जानकारी दिएका हुन् । उनले मन्त्रिपरिषद्को निर्णयलाई विपक्षी पार्टी र कश्मीरी नेतृत्वले स्वागत गरेको समेत बताए ।

इमरान खानले अबदेखि पाकिस्तानी स्कुल, कलेज र सबै सरकारी कार्यालयमा पाकिस्तानको यो आधिकारिक नक्सा राखिनेसमेत बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्