मंगलबारको माैसम यस्तो छ, यी ठाउँहरुमा मेघ गर्जन सहित भारी वर्षाको सम्भावना

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले मंगलबारको मौसम पूर्वानुमान जारी गर्दै देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया सफा रहेको जानकारी दिएको छ ।

मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बादली रहेता पनि अपरान्हपछि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशका थेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, राति देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश न ५ र गण्डकी प्रदेशका थोरै स्थानहरु तथा बाँकी प्रदेशको केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का र मध्यम वर्षा हुनसक्ने पूर्वानुमानमा उल्लेख छ ।

त्यस्तै, प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्