बलात्कार आरोपमा वडा अध्यक्ष पक्राउ, जबरजस्ती करणी मुद्दा दर्ताको तयारी

सांकेतिक तस्विर

गोरखा – चौध वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा गोरखाका एकजना वडाध्यक्ष पक्राउ परेका छन् ।

पालुङटार नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट बलात्कारको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ ।

बिहे गर्छु भन्दै यसअघि पनि पटक–पटक जबरजस्ती करणी गरेको भन्ने पीडित परिवारले दिएको जाहेरीको आधारमा वडा अध्यक्ष रानाभाटलाई पक्राउ गरिएको हो । उनीहरुको सम्बन्धबारे अभिभावकले थाहा पाएपछि वडाध्यक्षविरुद्ध जाहेरी दिएको र प्रहरीले पक्राउ गरेको एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए । अन्दाजी ४७ वर्षीय रानाभाटलाई सोमवार जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलिले पालुङटारबाट पक्राउ गरेको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको र रानाभाटविरुद्ध जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ताको तयारी भइरहेको प्रहरीले जनाएको छ ।

गत असारमा कालिकोटको खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदिश शाही पनि १६ वर्षीया किशोरी बलात्कारको आरोपमा पक्राउ परेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्