दार्चुलामा एक व्यक्तिको मृत्यु, कोरोनासँग लक्षण मिल्दोजुल्दो

दार्चुलामा एक व्यक्तिको मृत्यु भएको छ । अस्पताल दार्चुलामा उपचाररत व्यास गाउँपालिका –५ का २८ वर्षीय युवकको सोमबार बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।
श्वास फेर्न गाह्रो भएको र ज्वरो आएपछि उनी आइतबार अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा उनको सोमबार बिहान मृत्यु भएको हो ।
कोरोनासँग लक्षण मिल्दोजुल्दो भएका कारण स्वाब संकलन गरेर डडेल्धुरा प्रयोगशालामा पठाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्