बालुटारमा चार ओली, दाहाल, खनाल र नेम्वाङबीच छलफल जारी, के बन्ला सहमति ?

काठमाडौँ – पार्टीमा देखिएको विवादको निकास दिनेबारे नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा आज पनि छलफल भइरहेको छ ।

बालुवाटार स्रोतका अनुसार सोमबार बिहान ९ बजेपछि भएको छलफलमा नेकपाका बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी छन् । यी चार नेताबीच आइतबार पनि झन्डै तीन घन्टा बालुवाटारमा कुराकानी भएको थियो ।

आइतबार साँझ प्रचण्डले नेताहरूलाई ओलीसँगको छलफल सकारात्मक नभएको ब्रिफिङ गरेका थिए ।

खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग भएको छलफलमा प्रचण्डले यस्तो जानकारी गराएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्