सेती नदीमा बेपत्ता भएका दुई जना स्वास्थ्यकर्मीमध्ये एक जनाको शव फेला

सुदूरपश्चिम – शनिबार डोटीको सेती नदीमा नुहाउन जाँदा बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमध्ये एक जनाको शव आइतबार फेला परेको छ ।
डडेल्धुराको परशुराम नगरपालिका घर भएका ल्याब असिस्टेन्ट हरिश जोशीको शव डोटीको दिपायल सिलगढी नगरपालिकाको नारीदाङ भन्ने ठाउँमा फेला परेको हो ।
सदरमुकाम सिलगढीबाट शव भेटिएको ठाउँ निकै टाढा भएकोले सोमबारसम्ममा शव दिपायल ल्याउन सकिने प्रहरी प्रमुख पाण्डेले बताउनुभयो ।

शनिबार डोटीको शैलेश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा शिखर नगरपालिका १० को सेती नदीमा नुहाउन गएका बेला बझाङ घर भइ डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत हेल्थ असिस्टेन्ट) विनयबहादुर सिंह र डडेल्धुराको परशुराम नगरपालिका घर भएका ल्याब असिस्टेन्ट हरि जोशी नदीमा बेपत्ता भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्