कोरोना प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयले पठायो उच्च स्तरीय टोली

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश २ मा कोरोना सङ्क्रमणबारे आवश्यक समन्वय गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशकको नेतृत्वमा टोली परिचालन गरेको छ । कोरोना सङ्क्रमणबाट प्रदेश २ सबैभन्दा बढी प्रभाबित क्षेत्र हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहको नेतृत्वमा प्रदेश २ मा टोली पठाएको जानकारी दिए । उनले टोली प्रदेश २ को बिरगंज पुगेर समन्वयको काम सुरु गरिसकेको बताए । उक्त टोलीले नै प्रदेश २ मा सङ्क्रमित बढी भएको अन्य शहर तथा क्षेत्रमा आवश्यक समन्वय तथा निर्देशन र सहयोगको काम अगाडि बढाउनेछ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमले स्वास्थ्य मन्त्रालयले कोरोना प्रभाबित अन्य प्रदेशहरुमा पनि उच्च स्तरीय टोली पठाइने तयारी गरिरहेको बताए । पछिल्लो समयमा प्रदेश २ को बिरगंज, प्रदेश १ को बिराटनगर र सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा सङ्क्रमित हुनेको संख्या दैनिक रुपमा बढ्दो छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्