दार्चुलामा थप १६ जनामा कोरोना पुष्टि, कुन स्थानीय तहका कति ?

गणेशसिँह धामी, दार्चुला
दार्चुलामा शुक्रवार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा मार्मा गाउँपालिकामा १३ जना, ब्यास गाउँपालिकामा २ जना र लेकम गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
धेरै दिनको अन्तराल पछि दार्चुलामा कोरोना संक्रमण देखिएको छ । पहिले कोरोना पुष्टि भएका २६ जना भने घर फर्किसकेका छन् । यो संगै दार्चुलामा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्