पहिरोले गर्दा इन्द्रावती तेस्रो जलविद्युत आयोजना जोखिममा

 सुशील सुवेदी 

सिन्धुपाल्चोक – नेशनल हाइड्रो पावर द्धारा प्रवर्दित इन्द्रावती तेश्रो जलबिद्युत आयोजनाको ड्याम साइडमा गएको भिषण पहिरोको कारण आयोजनाको उत्पादन ठप्प भएको छ । पाँचपोखरी थाङपाल ८ तिपेनीमा रहेको ७.५ मेगावाट उत्पादन क्षमता भएको उक्त आयोजनाको ड्याममा गएराति २ बजे तिर पहिरो खसेकोे थियो । पहिरोले आयोजनाको सुरुङ मार्गको मुख्य गेट, फ्लसिङ सिस्टम (पोखरीबाट बालुवाफाल्ने) तथा पोखरीलाई पुर्ण रुपमाक्षति पु¥याएको छ ।

पहिरोले तिपेनीबजार तथा पहिरो माथिको मानब बस्ती समेत जोखिममा परेको छ । निरन्तरको बर्षा तथा पाँचपोखरी पर्यटन मार्गको निर्माण तथा बिस्तारको कारण उक्त क्षेत्रमा यसअघि पनिपहिरो खस्दै आएको थियो । पहिरोको कारण सवारी साधन तथा मानिसहरुको आवतजावत समेत बन्द भएको छ । उक्त स्थानमा बैकल्पिक बाटो समेत नहुँदा सयौँ मानिस बिचबाटोमै अलपत्र परेका छन् । पहिरोको कारण अलपत्र मानिसको उद्धार तथा अबरुद्ध बाटो खुलाउन पहल भइरहेको पाँचपोखरी थाङपाल गाउँपालिकाकाअध्यक्ष टासि लामाले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्